पाँचथरको फिदिम नगरपालिकामा कुलो निर्माणको काम सुरु गरेपछि त्यस ठाँउका स्थानीय बासिन्दा खुसि भएका छन् ।
कुलो निर्माणको मुख्य उद्देश्य ५ हजार भन्दा बढि रोपनि जग्गामा सिंचाई सुविधा पुर्याउनु हो ।
उक्त कुलो निर्माण साना सिंचाई अन्तर्गत प्रदेश तथा स्थानीय सरकारको सहयोगमा सुरु गरेका हुन् ।
अहिलेसम्म ३ सय ५० मिटर निर्माण भएको कुलोमा ५३ लाखको लागतमा १ हजार २ सय ९२ मिटर लामो पक्की कुलो बनाउन लागिएको हो ।