काठमाडौँ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिए।
प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गतेको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका थिए। आयोजनाको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको एउटा प्याकेजको ठेक्कासमेत आह्वान भइसकेको प्रवक्ता अर्यालले बताए।
यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। पछिल्लो १० दिनमा हेलो सरकारमा प्राप्त ३ हजार ५१ गुनासामध्ये २ हजार ७५४ वटा फर्छ्योट गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो।