धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–२ कबिर टोलका ४३ वर्षीय रामकुमार राई रहेका छन्। उनी पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए।
शुक्रबार बेलुका स्थानीय ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतका लागि पोलमा चढेका राईलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर पोलबाट खसेका उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याइएका राईलाई चिकित्सकले शुक्रबार राति मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।