स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तीन वडा जोड्ने अर्जुनचौपारी–रापाकोट रणनीतिक सडकको भँगारी खण्ड दुई वर्षदेखि अधुरै छ। पटक–पटक म्याद थप्दा पनि निर्माणले गति नलिएपछि गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले ठेक्का तोडेर कारबाही गर्न माग गरेका छन्।
१ हजार ८ सय मिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय स्याङ्जाले २०८१ साउन १७ गते रुपरमिलनरलेभल वान जेभीसँग ३ करोड २३ लाख ८३ हजार रुपैयाँमा सम्झौता गरेको थियो। एक वर्षभित्र सम्पन्न गर्नुपर्ने सडकको म्याद पछिल्लो पटक २०८४ वैशाख १० गतेसम्म थपिएको छ।
कार्यालयका अनुसार सडकको भौतिक प्रगति करिब ५० प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत छ। निर्माण कम्पनीले भने आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने जनाएको छ।
सडकको बीचको खण्ड अधुरो हुँदा वडा नम्बर ३, ४ र ५ का स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन्।