सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भत्काइएको पूर्वराजा वीरेन्द्रको शालिक पुनः राखिएको छ। पूर्वराजा वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा वीरेन्द्रचोकमा अर्धकदको सालिक राखिएको हो।
स्वतन्त्र सुर्खेती आयोजक सेवा समितिले बुधबार शालिक राखेको हो। उनीहरुले इतिहासलाई जोगाउका लागि शालिक राखिएको बताएका छन्।
वि.सं.२०४४ सालमा पहिलो पटक वीरेन्द्रचोकमा वीरेन्द्रको शालिक राखिएको थियो।२०६२–०६३ को आन्दोलनमा वीरेन्द्रको सालिक फालिएको थियो।
वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनर्निर्माण गरेपनि शालिक भने राखेको थिएन । पुनर्निर्माण भएको लामो समयसम्म शालिक राख्ने वा नराख्ने विषयमा विवाद भइरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी समितिले शालिक राखिदिएको छ।वीरेन्द्रनगरको विकासमा वीरेन्द्रले योगदान पुर्याएको र इतिहासलाई जोगाउन भए पनि शालिक राख्नुपर्ने युवाहरुको भनाइ छ।