ललितपुर। ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण गरिने भएको छ।विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको ललितमण्डप पुनःनिर्माण गरिने भएको हो।
ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिकाले जनाएको छ।
हाल अवस्थित भवन पञ्चायतकालमा निर्माण भएको रराणाकालअघिको ललितमण्डपको फोटो भेट्टाइएकाले इतिहास झल्कने गरी ललितमण्डप पुनःनिर्माण हुने महानगरको भनाइ छ।
ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ ।