गोरखा । गोरखाको बारपाकमा भूकम्प स्मृति स्तम्भ निर्माण गरिएको छ । २०७२ बैशाख १२ को भूकम्पको केन्द्रविन्दु बारपाकमा भूकम्प स्मृति स्तम्भ निर्माण गरिएको हो।
स्तम्भमा भूकम्पबाट ज्यान गुमाएका १४ जिल्लाकै नामावली राख्ने स्टिमेट भएपनि सबैको नाम उपलब्ध नभएका कारण गोरखाको मात्रै विवरण राखिएको छ।
गोरखाका ४९० जना मृतकको नामावली ताम्रापत्रमा लेखेर स्मृति स्तम्भमा राखिएको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखराले जनाएको छ ।
२०७४ मंसिर १४ गते ठेक्का सम्झौता गरेर भूकम्प स्मृति पार्कको निर्माण सुरु भएको थियो । पार्क भित्र स्मृति स्तम्भ मुख्य आकर्षणको रुपमा रहेको छ । स्मृति स्तम्भको काम पूरा भएको पंगेनीले बताए । स्मृति स्तम्भमा भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प परि ज्यान गुमाएका सम्झनामा १४ वटा छुट्टारछुट्टै स्तम्भ तयार गरिएको छ। १४ वटा स्तम्भ माथि ग्लोव राखिएको छ ।
भूकम्पमा ज्यान गुमाएका सबैको स्तम्भको भित्तामा नाम लेखिने स्टमेट गरिएपनि नाम प्राप्त नभएपछि स्तम्भमा संख्या उल्लेख गरिने भएको छ । ३० महिनामा निर्माण सक्ने लक्ष्यका साथ २०७४ मा ठेक्का सभ्झौता गरिएपनि मृतकको नाम नपाएर कामले पूर्णता नपाएपछि ठेकेदार कम्पनीको म्याद पनि पटकरपटक थप हुँदै आएको थियो । दुई शौचालय, एक चेमेनागृह, पार्क स्थल, सडक लगायतका संरचना निर्माण भइसकेको छ ।