मुगु । मुगुको मुन्दु गाउँ र सेरालाई जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले स्थानीयसँगको छलफलका क्रममा पुल निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । उनले पुल निर्माणको प्रक्रिया तत्काल सुरु गरिने बताए ।
मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दाका लागि स्थानीय सडक मर्मतसम्भार गर्ने तथा धार्मिक एवं पर्यटकीय महत्वको ऋणमोक्ष धामसम्म पुग्ने सडकसमेत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक र लुवारपोल्नालगायत दर्जनौँ बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।