काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। जजिरा एयरको जहाज मौसममा खराबीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय निर्माण भएपछि जहाज डाइभर्ट हुँदा उक्त विमानस्थलमा अवतरण गरिएको हो। गौतमबुद्ध विमानस्थल बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलको भर पर्नुपर्थ्यो ।