काठमाडौं। सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार ४९ किमि सडक कालोपत्रे निर्माणकार्य दुई वर्षदेखि अलपत्र परेको छ। ठेकेदारका कारण उदयपुर–गाईघाट–दिक्तेल–सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र अवस्थामा रहेको हो।
सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक खण्ड २०७७ साल असारमा पूरा गर्ने गरी भारत कन्स्ट्रक्सन।सिद्धि शाही जेभी तथा देवनारायण पवनरमैनाचुली खाम्पाचे जेभीले ठेक्का लिएको २२ किलोमिटर सडकको कालोपत्रे काम अलपत्र अवस्थामा छ।
भारत कन्स्ट्रक्सन।सिद्धि शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिम्पानी सडक कालोपत्रे योजना सम्झौता गरेको थियो। ४१ करोड ५० लाख लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ४५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। यस्तै, देवनारायण पवनरमैनाचुली खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगति भएको छ। ५५ करोड ८७ लाख लागतमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो सडक खण्डको सम्झौता भएको थियो।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे भइसक्नुपर्ने बेला निर्माणकार्य दुई वर्षदेखि म्याद गुजारेर अलपत्र अवस्थामा छोडिएको छ। सडक निर्माणकार्यमा निर्माण कम्पनीसँग नियमित सम्पर्क भइरहेको र चाँडै निर्माणकार्य थालनी गर्ने प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले बताए। निर्माण कम्पनीले प्रतिबद्धता जनाएको र कम्पनीले चाँडै नै उपकरणसहितको मेनपावर ल्याएर निर्माण थालनी गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको प्रजिअ सेडाईंले बताए।
महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वीसहर आउजाउ गर्ने छोटो दूरीको बाटो हो। सम्झौता म्याद गुज्रिँदासमेत सडक कालोपत्रे निर्माण पूरा नहुँदा जिल्लाबासीले सास्ती खेप्नु परेको छ। कारोबारबाट