काठमाडौं। भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कपर्पोरेसन (एनएचपीसी) ले पश्चिम सेती जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।
बुधबार एनएचपिसीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई डीपीआरको मस्यौदा बुझाएको हो ।
एनएचपीसीलाई लगानी बोर्डले २०७९ कात्तिकमा अध्ययन अनुमतिपत्र दिएको थियो । बोर्डको २०७५ साउन २३ गते बसेको ५२औं बैठकले पश्चित सेती एनएचपिसीलाई दिने निर्णय अनुमोदन गरेको थियो ।