फाइल तस्बिर
काठमाडौं। दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा अब सातामा दुई दिन उडान हुने भएको छ। नेपाल एयरलाइन्सले रिगाउँ विमानस्थलमा मंगलबार र शुक्रबार दुई दिन उडान गर्ने भएको हो।
यसअघि नेपाल एयरलाइन्सले यस विमानस्थलबाट सातामा एक दिन शुक्रबार मात्र उडान गर्दै आएको थियो। यो विमानस्थलबाट अबदेखि शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान हुने नेपाल वायुसेवा निगमका दाङले जनाएको छ।