काठमाडौं। ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ। शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो।
३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको जनाइएको छ। चोरी भएको मूर्ति पित्तलको थियो। मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको बताइएको छ।
लगभग २० वर्षअघि उक्त मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे। समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो। बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ।
डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको बताए।