काठमाडौं। सुनाकोठीस्थित मन्दिरबाट चोरी भएको बालकुमारीको मूर्ति फेला परेको छ। माघ ८ शनिबार राती सुनाकोठीस्थित मन्दिरबाट चोरी भएको बालकुमारीको मूर्ति फेला परेको हो।
गए राती ललितपुरका हत्तीबन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अबस्थामा सो मूर्ति फेला परेको प्रहरी परिसर ललितपुरले जनाएको छ।
बालकुमारी मन्दिर सुनाकोठी क्षेत्रको प्रमुख मन्दिर हो। हरेक वर्ष मंसिर पूर्णिमा र चैत पूर्णिमामा बालकुमारी देवीको जात्रा गरिन्छ। चोरी भएको उक्त मूर्ति २५० देखि ३०० वर्ष पुरानो भएको अनुमान छ।