काठमाडौं। भिजिबिलिटी कम भएपछि मंगलबार विहानैदेखि आन्तरिक हवाई उडान प्रभावित बनेको छ। बाक्लो तुवाँलो नहटेर भिजिबिलिटी कम हुँदा भिजुअल फ्लाइट रुल्स अन्तर्गतका उडान रोकिएका छन्।
इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स अन्तर्गत उडान गराउँदा विहानैदेखि ४५ मिनेटसम्म उडान डिले हुँदै आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विहानैदेखि उडान डिले हुँदा साँझसम्म ४ घण्टासम्मको उडान ढिला हुने बढी सम्भावना देखिएको छ।
मौसम धुम्मिएको कारण काठमाडौंमा अहिले आइएफआर लागू गरिएको छ। सामान्यतया प्रति दुई मिनेटको अन्तरालमा जहाज उडान हुँदै आएको थियो। अहिले पाँच मिनेटभन्दा बढी समयको अन्तरालमा उडान हुँदै आएको छ। जसका कारण साँझ सम्म धेरै समयसम्म उडान डिले हुने देखिएको विमानस्थल कार्यालयले जनाएको छ।
आज बुद्ध, यती, श्री, गुण, सौर्य, सिता, तारा, समिट लगायत विभिन्न वायुसेवा कम्पनीको कुल १४९ वटा उडान–अवतरण तालिका छ।