काठमाडौं। नेपाल वायुसेवा निगमको न्यारोबडीले काठमाडौंबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक उडान भर्ने भएको छ। जेठ २ गते (सोमबार) देखि उडान भर्ने भएको हो।
काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट ८ बजे उडान हुनेछ। निगमको ए३२० जहाजले जहाजमा यात्रा गर्ने यात्रुहरूलाई स्वागत गर्नेछ। त्यसैगरी निगमले यात्रुलाई हिस्टोरिकल ब्याजसमेत दिनेछ।
काठमाडौं–भैरहवा–काठमाडौं उडानका लागि निगमको वेभसाइटबाट टिकट खरिद गर्न सकिने निगमले जनाएको छ।
