काठमाडौं। लुम्बिनी विकास बैंक लि. ले धुलिखेल मा अवस्थित वल्र्ड वाईड एडभेन्चर प्रा. लि. (धुलिखेल जिपलाइन) मा आफ्ना ग्राहक महानुभावहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ।
सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि धुलिखेल जिपलाइन का बिभिन्न जिपलाइन सेवा तथा सुबिधाहरु लिए बाफत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गर्ने छ।