तनहुँ। करीब ६४ करोड लागतमा तनहुँको दमौलीमा महर्षि ब्यासको १ सय ८ फिट अग्लो मूर्ति निर्माणको काम थालिएको छ। व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषले महर्षि वेदव्यासको मूर्ति निर्माणका लागि पाञ्चायन मन्दिर परिसरमा मूर्ति निर्माण सुरु गरीएको हो।
चार वेद र अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मस्थल व्यास क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउने उद्धेश्यले १ सय ८ फिट अग्लो मूर्ति स्थापना गर्न लागिएको व्यास नगरपालिकाका मेयरले बताएका छन्। मन्दिर परिसरमा हाल जग खन्ने काम भैरहेको छ।