काठमाडौं। नेपाललाई रेल्वे लगायतका पूर्वाधार क्षेत्रमा थप सहयोग गर्न भारत इच्छुक देखिएको छ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्तामा नेपालका लागि भारतीय राजदुत नविन श्रीबास्तवले नेपालका पूर्वाधार क्षेत्रमा सहयोग गर्न भारत इच्छुक भएको बताएका हुन्।
उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदुत श्रीबास्तव मन्त्रालय पुगेका थियो। राजदुत श्रीबास्तवले भारत सरकार, भारतीय जनताको तर्फबाट सफल कार्यकालको शुभाकमना तथा बधाई दिए ।
भेटको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्याय सहितको सम्बृद्धि हासिल गर्ने दिशामा रहेकोमा विकासको लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरे ।
राजदुत श्रीवास्तबले भारतीय सहयोगमा चालू विकास आयोजनालाई गति दिन आगामी दिनमा आवश्यक छलफल गर्दै जाने कुरा भएको बताइएको छ।