काठमाडौं । ठूला रेलमार्ग निर्माण प्रक्रियालाई गति दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ठूला रेलमार्ग निर्माण योजनालाई गति दिने जानकारी गराएका हुन् ।
सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई समेत निरन्तरता दिने भएको छ । केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौं रेलमार्गको लगानी मोडालिटी लगायत विषयमा अध्ययन अगाडि बढाइने उनले बताए । दिगो र प्रतिस्पर्धी यातायात प्रणाली विकास गरिने उनले उल्लेख गरेका छन् ।