काठमाण्डौं । नेपाल विधुत प्राधिकरणले पोलको भाडा बढाए सँगै इन्टरनेट प्रदायक संघले इन्टरनेटको मुल्य बढाउने निर्णय गरेको छ । प्राधिकरणको निजी इन्टरनेट सेवा प्रदायकलाई दुख दिने नीति बनाएपछि आइस्पानले इन्टरनेटको मुल्य बढाउन बाध्य भई उक्त निर्णय विधुत प्राधिकरणमा पेश गरिसकेको छ ।
प्राधिकरणले पोलको भाडा सात गुणासम्म बढाएको हुनाले ग्रामीण क्षेत्रमा प्रति ग्राहक मासिक प्याकेजमा ३०० र सहरी क्षेत्रमा प्रति ग्राहक १५० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ उक्त निर्णयलाई सदर गर्नको लागी औपचारिक रुपमा नै इन्टरनेट सेवा प्रदायकले दुरसञ्चारलाई निर्णय पेश गरेको हो । इन्टरनेट सेवा प्रदायकको आफ्नै पुर्वाधारको अभावको कारण विधुतप्राधिकरणको पोलमा केबल टागेर सेवा प्रदान गर्न बाँध्य रहेको छ ।
पोल भाडादरको विषयमा ठोस निर्णय नभइसकेको तर विधुत प्राधिकरणले सुचना जारी गरिसकेको अवस्थामा मन्त्रालयबाट सम्न्वय गर्ने विकल्प नरहेको कुरा दुरसञ्चार प्राधिकरणले जनाएको छ । दुरसञ्चार प्राधिकरणले छिट्टै यस विषयमा सञ्चार मन्त्रालयलाई ऊर्जा मन्त्रालयसँग समन्वय गर्नको लागी आग्रह गर्ने जानकारी दिएको छ ।