काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिकामा जलेर एक बालिकाको मृत्यु भएको छ। आइतबार बारेकोट ९ खारीगाउँमा गोपाल जैसीकी छोरी १७ महिनाकी नताशाको मृत्यु भएको हो।
भान्सा कोठामा सुतेकी उनी एक्कासि चुल्होमा परेर उनी गम्भीर घाइते भएकी थिइन्। मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घरमा कोही नभएको वेला उनी ओछ्यानबाट चुल्होमा परेकी थिइन्।