काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख कित्ता हकप्रद सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यहरूका लागि चुक्ता पुँजीको १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीका अनुसार सेयरधनी सदस्यले चैत ८ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत्, २.४ मेगावाटको रिडी खोला गरी जम्मा १०.९ मेगावाटको दुई आयोजना सञ्चालन गरिरहेको छ ।