वीरगञ्ज। वीरगन्ज आर्दशनगर मेनरोडस्थित सिद्धार्थ बैङ्कमा आगलागी भएको छ। सोमबार दिउँसो करिब साढे ४ बजे बैंकमा आगलागी भएको हो।
आगो निभाउन वीरगन्ज महानगरपालिका जितपुर कलैया पोखरीया नगरपालिकाका ६ वटा वारुणयन्त्र लगायत ठुलो सङ्ख्यामा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको थियो। साँझ ६ बजे मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीको कारण खुल्न नसके पनि कुनै प्रकारको मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
मुख्य सडक तथा घना बस्तीमा बैङ्क रहेकाले आगो नियन्त्रण गर्न केही समय लागेको बताइएको छ।