काठमाडौं। कोशी प्रदेशमा राहत एवं पुनर्निर्माण कोष स्थापना गर्न माग गरिएको छ। नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग राखेको हो।
माओवादी केन्द्रले ज्ञापन पत्रमा बाढी पहिरो पीडित भएकालाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न कोष खडा गर्नुपर्ने उल्लेख गरेको छ।
बाढी पहिरोबाट प्रदेशमा ठूलो क्षति भएकाले राहत, पुनःस्थापना र पुनर्निर्माण गर्न सरकारको नियमित बजेटबाट सम्भव हुने नदेखिएकाले संघीय सरकार, विकास साझेदार र दातृ निकायबाट सहयोग जुटाउनुपर्ने समेत माओवादी केन्द्रले जनाएको छ।