सीजी नेटले सस्तो शुल्कमा देशको विभिन्न क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । महँगो शुल्कमा इन्टरनेट सेवा भुक्तानी गर्दै आएका ग्राहकहरुलाई लक्षित गरी चौधरी ग्रुपले सीजी नेटको विस्तार गरेको हो ।
मासिक रु. ९९९ मा नै १२० एम.बी.पी.एसको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । महँगो शुल्कको कारणले इन्टरनेट सेवा बाट बञ्चित भएकाहरुले पनि सस्तो भएको कारणले सीजी नेट भुक्तानी गर्न सक्ने छन् ।
सीजी ग्रुपले इन्टरनेट सेवा घरघरमै गएर प्रदान गर्दै आएको छ । उपत्यका लगायत देशको अन्य भागहरुमा पनि चाँडै इन्टरनेट विस्तार गर्ने भएको छ ।नयाँ बानेश्वर, कालीमाटी, कोटेश्वर र शंखमुलमा सीजी ग्रुपले उत्कृष्ट इन्टरनेट सेवा विस्तार गर्दैछ ।