काठमाडौं। शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माधीन संघीय संसद् भवन निरीक्षण गरेका छन्। सिंहदरबार परिसरभित्र निर्माण भइरहेको भवनको मंगलबार मन्त्री चौधरीले निरीक्षण गरेका हुन्।
निरिक्षणको क्रममा उनले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए। मन्त्री चौधरीले संसद् भवन निर्माणको कार्य प्रगति विवरणबारे जानकारी लिएका थिए।
उनले भने, “संसद् भवन हाल भइरहेको काम सन्तोषजनक देखिँदैन। करिब ४५ प्रतिशत नै काम सकिएको पाइएको छ। यद्यपि यसलाई समयमै निर्माण सम्पन्न गर्न लाग्नुहोस्। नयाँ बन्ने संसद् साँच्चै सुविधायुक्त हुनुपर्छ।”
उनले निर्माणाधीन भवनमामा सांसदहरूका लागि उपलब्ध हुने सुविधा लगायतका बारेमा चासो राखेका थिए।