काठमाडौं। जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ। जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको हो।
पुनः नियमित उडानका लागि जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि पत्र पठाएको छ।
प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो ।
सोही अनुसार जजिराले अनुमतिका लागि पत्र पठाएको प्राधिकरणले जनाएको छ।