काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकामा पाँच वटा स्वास्थ्य संस्थाको भवन निर्माण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वालिङ नगरपालिकाको साझेदारीमा वालिङका पाँच वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएको हो।
वालिङ वडा नं. ५ मा जगतभञ्ज्याङ स्वास्थ्यचौकी, वडा नं. १२ मा सिर्सेकोट स्वास्थ्यचौकी, वडा नं. ९ मा डुडखोला शहरी स्वास्थ्य केन्द्र, वडा नं. ११ मा कागतीभञ्ज्याङ शहरी स्वास्थ्य केन्द्र र वडा नं. १४ को डुम्रेभञ्ज्याङमा शहरी स्वास्थ्य केन्द्रकालागि बजेट बिनियोजन भई बोलपत्र आब्हान गरिसकिएको नगरपालिकाले जनाएको छ।
वडा नं. ५ र १२ मा स्वास्थ्यचौकीको दुई वटा भवन निर्माणकालागि ६४।६४ लाख, तीन वटा शहरी स्वास्थ्य केन्द्रकालागि ३८ लाखका दरले रकम विनियोजन भएको हो।
नगरका १४ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन, नगरका १४ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी स्वास्थ्यकर्मीहरुमार्फत नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँच पुर्याइने बताइएको छ। नगरपालिकाका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालसहित, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना भइसकेको नगरपालिकाले जनाएको छ।