काठमाण्डौं। गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा लमजुङमा १६१ विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको हो।
अब जिल्लामा दुई विद्यालयका एक।एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइएको छ। बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको बताइएको छ।
उक्त बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ। जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार।चार कोठे एक।एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ।