काठमाडौं। रौतहटको सदरमुकाम गौरसँग जोड्ने लालबकैया नदीको पुल निर्माण कार्य तीब्र गतिले अगाडि बढ्न थालेको छ। निर्माणाधिन टिकुलिया पुल निर्माणको काम तिब्र रुपमा अगाडी बढेको हो।
उक्त निर्माणाधीन टिकुलिया पुलको सडक डिभिजन कार्यालय रौतहटका प्रमुख दरोगाप्रसाद साहले निरीक्षण समेत गरेका छन्। निरिक्षणपछि उनले निर्माण कार्य सन्तोषजनक रहेको बताए।
पुल निर्माणको ठेक्का पाएको पप्पु कन्सट्रकसनले निर्माण कार्यलाई अगाडि बढाएपछि रौतहटको ईशनाथ नगरपालिकाका बासिन्दाहरु खुशी भएका छन्।
२०७१ साल असार २६ गते पप्पु कन्सट्रकसनले निर्माण गर्ने सम्झौता गरेको थियो। तर, लामो समयसम्म पुल निर्माणको काम अघि बढ्न सकेको थिएन।
सम्झौता अनुसार पुल निर्माणको काम २०७४ असास २५ गते सम्पन्न हुनुपर्ने थियो। उक्त पुलको लम्बाई २४२ मिटर रहेको छ। लामो समयदेखि समस्या भोग्दै आएका स्थानीये पुल निर्माण हुने भएपछि उत्साहित भएका छन्।