काठमाडौं। सडक निर्माणमा अर्थिक अनियमितता गरेको पाईपछि छ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा मोटरबाटो निर्माणको क्रममा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रशासकीय अधिकृतसहित छ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो।
उक्त गाउँपालिकाको बाटा बलेफी–तेम्बाथान बाटो निर्माणको क्रममा अवैधानीक उपभोक्ता समिति गठन गरेको, नक्कली विवरणको आधारमा रकम भुक्तानी गरेको तथा बाटोको मापदण्ड विपरित काम गरेको, नक्कली माइन्यृट गरेको लगायतको आरेप आयोगले लगाएको छ। आयोगले विहिबार जारी गरेको विज्ञप्ती अनुसार गाउँपालिकाका तत्कालीन प्रशासकिय अधिकृत ढाकाराम अर्याल, गाउँपालिकाका इन्जिनियर सुरेश पौडेल र असिस्टेन सब–इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादब तथा सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाअध्यक्ष अनुषा लामा विरुद्ध मुद्दा दायर गरिएको हो।
गाउँपालिकाका इन्जिनियर पौडेल, असिस्टेन सब–इन्जिनियर घिमिरेबाट एकमुष्ट ३६ लाख उन्चालिस हजार ८९९ रुपैँया बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहिको माग गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै लेखापाल यादबबाट पनि ३६ लाख ३९ हजार ८९९ रुपियाँ तथा उपभोक्ता समितिका अध्यक्ष शाक्य र कोषाध्यक्ष लामाबाट पनि एकमुष्ट रुपमा सोही अनुसारको बिगो र ऐनअनुसार कारबाहिको माग गरिएको छ।