चितवन। जिल्लाको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।
शनिबार साढे ११ बजेतिर इच्छाकामना–६ चारकिलोमा सुख्खा पहिरो झरेको हो।
इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।