काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्माण व्यवसायीहरुलाई कुनै पनि निर्माण कार्यका धेरै कम रेट नहाल्न आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकाभित्रका कामको अनुगमनमा कडाइ गर्ने भन्दै प्रमुख साहले निर्माण व्यवसायीलाई धेरै कम रेटमा टेन्डर नभर्न आग्रह गरेका हुन्।
कार्यपालिकाको बैठकमा बोल्दै उनले महानगरपालिकाको अनुगमन कडा हुने र कामको गुणस्तरमा ध्यान दिइने बताए। प्रमुख साहले थोरै महंगो भएपनि सडक निर्माण गुणस्तरीय हुनुपर्ने बताए। गुणस्तरीय निर्माणका लागि अनुगमनमा कडा गरिने उनको भनाइ छ।
प्रमुख साहले भने, ‘हामिले पनि सडक विभागकै क्वालिटी मेन्टेन गर्नलाई थोरै महँगो परेपनी त्यही क्वालिटीको सडकहरु बनाइनुपर्छ र अनुगमन कडाईका साथ भयो भने यी समस्याहरु समाधान हुन जान्छ। उदाहरणको रुपमा अब हुने टेन्डरहरु र कामकाजहरुमा अनुगमन एकदमै कडाई भयो, त्यो सडकमा छापिएको कालोपत्रेको डेन्सिटि ठाउँठाउँमा चेक भयो, कतिको प्रेसर पर्या छ, कतिको रोल भाको छ छैन त्यो कुराहरु एकदम कडाईको साथ हेर्यो भने कसैले एकदमै कममा टेन्डर भरेको छ भने उसले त्यो काम गर्नै सक्दैन।’
उनले निर्माण व्यवसायीलाई कम रेटमा टेन्डर नभर्न आग्रह गर्दै भने, ‘यसको लागि यहि कार्यपालिका बैठकबाट हाम्रा निर्माण व्यवसायीहरुलाई पनि आह्वान गर्न चाहन्छु कि काठमाडौं महानगरपालिकाको अनुगमन अब निकै कडाईका रुपमा हुने छ, क्वालिटीमा ध्यान दिइने छ, क्वान्टिटीमा ध्यान दिइने छ। त्यहि भएर धेरै कम रेटमा चाहिँ टेन्डर नभरी दिनुहोला।