काठमाडौं। सडक निर्माणमा खटिएका मजदुरको भीरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको मालगाउँ–टिंकर सडक निर्माणको काममा कार्यरत एक मजदुरको भीरबाट लडेर सोमबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ सिप्टीका ४६ वर्षीय जयबहादुर धामीको भीरबाट लडेर मृत्यु भएको हो।
व्याँस गाउँपालिका–२ मालगाउँस्थित माकुरीघाट नजिक भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।