चितवन। स्थानीयको अवरोध र मजदुर, कच्चा पदार्थ साथै कोभिडको कारणले चितवनमा इँटा उधोग ब्यबसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन्। त्यहाँ रहेका १८ उधोग ब्यबसायीमध्ये गत वर्ष आंशिक रुपमा २ वटा उधोग मात्र सञ्चालनमा आएका थिए।
महामारीका कारण एउटा उद्योगले दुई करोड हाराहारी नोक्सान बेहोर्नु परेको कारणले ४/५ वटा उधोगमात्र सञ्चालन गर्ने तयारीमा रहेको र बाँकी रहेको उधोगहरु सधैंको लागि बन्ध हुने अवस्थामा पुगेका छन। चितवनमा रहेका इँटा उधोग ब्यवसायीहरु रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा रहेका छन्। धेरैजसो उधोगहरुले आफ्नै जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्थामा पुगेका छन्। अझ यस वर्ष कोइलाको मुल्य दोब्बर बढ्नाले ब्यबसायीहरु बढी मारमा परेका हुन्। त्यस्तै कोभिडको कारण पुर्ण रुपमा प्रभावित हुन पुगेका इँटा उधोग ब्यबसायीहरुलाई सरकारले ऋणको ब्याजमा अनुदान नदिएकोमा गुनासो पोखेका छन्।
चितवनमा उत्पादन भएको इँटा गोर्खा, तनहुँ, नवलपुर, पेखरा, मकवानपुरसम्म पुग्थ्यो तर सरकारले यस्तो उधोगलाई जोगाउनको लागि कुनै योजनासम्म पनि ल्याएन्। महँगो कोइला, स्थानियको प्रदुषणको गुनासो साथै माटोको अभावको कारण गएको वर्ष सञ्चालनमा आएका न्यु संगम इँटा उधोगी पनि पुनःउधोग सञ्चालन गर्ने मनस्थितिमा छैनन्। ३५ वर्ष देखि सञ्चालन गर्दै आएको इँटा ब्यवसायलाई पनि कच्चा पदार्थको मुल्य बढेसँगै लगानि उठाउन नै नसकेको कारणले गर्दा पोहोर सालबाट नै उधोग चलाउन सकेका छैनन्। जसले गर्दा विस्थापित हुन बाँध्य भएका छन्।
गत वर्ष उत्पादन भएको इँटा महँगो भएको कारणले १० प्रतिशत मात्र विक्रि भएको र मनकामना इँटा उधोग सञ्चालक पनि यस वर्ष के गर्ने भन्ने अन्योलमा परेका छन्। पुर्व बाट सस्तो इँटा आउन थालेदेखि जिल्लामा उत्पादन हुने गुणस्तरीय इँटाको खपत घटेको हो। इँटा ब्यबसायीहरुको विमा नभएको कारणले गर्दा पानिले विगारेको काँचो इँटाको क्षतिपूर्ति नपाउँदा आफैले घाटा ब्यहोर्नु परेको कुरा इँटा ब्यबसायीहरुले जनाएका छन्। इँटाको निर्माण गर्न चिम्टाइलो माटो चाहिने र अत्यधुनिक प्रविधिबाट यसलाई कात्तिकदेखि वैशाखसम्म पकाउनु पर्छ। तर यस्ता ब्यबसायीअरु हल पलायनको अवस्थामा रहेका छन्। उद्योग सञ्चालन गर्न तीन करोड रुपैयाँभन्दा बढी लगानी लाग्छ। देशमा ३०० इँटा उधोग रहेकोमा ४० प्रतिशत उधोग बन्द हुने अवस्थामा रहेका छन्।