अष्ट्रेलिया । हास्य कलाकार लेक्मणी त्रिताल ‘रमेश अंकल’का छोरा उमेश कुमार गौतमले अष्ट्रेलियाबाट नयाँ पोडकास्ट कार्यक्रम ‘गोफी गफ’ सुरु गरेका छन् । नेपाली भाषा, समाज र समसामयिक विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गर्ने उद्देश्यले सुरु गरिएको पोडकास्ट Rhino and Roos Production को प्रस्तुतिमा निर्माण हुनेछ ।
‘गोफी गफ’ प्रत्येक शुक्रबार साँझ ७ बजे नेपाली समयअनुसार youtube मार्फत प्रसारण हुने बताइएको छ। पोडकास्टमार्फत नेपाली समाज, समसामयिक घटनाक्रम, विदेशमा रहेका नेपालीको जीवनशैली तथा दैनिक जीवनसँग सम्बन्धित विषयलाई हास्य र व्यंग्यको शैलीमा प्रस्तुत गरिनेछ।
करिब चार–पाँच वर्षको अन्तरालपछि उमेश कुमार गौतम पुनः नेपाली स्ट्यान्डअप कमेडी तथा हास्य–व्यंग्यको क्षेत्रमा सक्रिय हुन लागेका हुन्। यसपटक उनले अष्ट्रेलियाबाटै नेपाली दर्शकसँग जोडिन पोडकास्टलाई माध्यम बनाएका छन्।
नेपालमा रहेका दर्शकसँगै अष्ट्रेलिया लगायत विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायलाई लक्षित गरी कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।