सप्तरी। तिरहुत गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणलाई साढे ९ लाख भन्दा बढी विद्युत महसुल बुझाएको छ। पालिकाले स्थानीय किसानको सिँचाइ मिटरको बक्यौता महसुल प्राधिकरणको कञ्चनपुर वितरण केन्द्रलाई बुझाएको हो।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी सिंचाइ मिटरको आर्थिक वर्ष २०७९२०८० र २०८०२०८१ को हालसम्म बाँकी रहेको ९ लाख ६९ हजार ७९० रूपैयाँ महसुल बुझाएको पालिकाले जनाएको छ।
कार्यक्रममा गाउँपालिका प्रमुख विजय यादवले आफू पनि किसान परिवारकै सदस्य भएको भन्दै तिरहुतका किसानले आकाशे वर्षामा मात्र भर पर्नु पर्ने अवस्थाको अन्त्य भएको बताए ।
केन्द्र प्रमुख साहले किसानको सिंचाइ मिटरको विद्युत् महसुल तिरिदिने तिरहुत गाउँपालिकाको यो कार्य ऐतिहासिक भएको बताए ।