काठमाडौं । नागढुंगा(नौबिसे सडक खण्डमा नागढुंगा नजिकै पातले वनमा सडक भासिएको छ । सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।
सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालले बताए ।
यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ । सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए ।