काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भोटेकोशीको बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन् ।बाढीमा परी क्याम्प क्षेत्रको घर बगाएको नभई लेदोले पुरिएको र त्यसैभित्र आयोजनाका कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्यहरू पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
सम्पर्कविहीन ४३ जनाको तत्काल खोजी तथा उद्धार गर्न आधुनिक उपकरणसहित उत्खनन कार्य अघि बढाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।
सम्पर्कविहीन रहेका ४३ जनामा आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका सदस्य सात जना, परामर्शदाता कम्पनीका कर्मचारी ११ जना र काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपमा गएका तीन जना विद्यार्थी छन् ।