भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको बाढीले नेपाल–चीन जोड्ने छोटो दूरीको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ५५ किलोमिटर सडक क्षतिग्रस्त भएको छ।
सडक विभागका अनुसार रसुवामा ४६ किलोमिटर र नुवाकोटमा ९ किलोमिटर सडकमा क्षति पुगेको हो। स्याफ्रुबेसी–रसुवागढी १६, मैलुङ–स्याफ्रुबेसी १९ र गल्छी–त्रिशूली–मैलुङ खण्डमा २० किलोमिटर सडक क्षतिग्रस्त भएको छ।
बाढीले सडकअन्तर्गतका १२ वटा पुलमा समेत क्षति पुगेको विभागले जनाएको छ। क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा ल्याउन कठिन रहेको बताइएको छ।