काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीका कारण सडक तथा पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको पाइएको छ। सडक विभागका महानिर्देशक डा। विजय जैसीका अनुसार नेपाल–चीन मितेरी पुलदेखि पृथ्वी राजमार्गसम्मका संरचनामा ठूलो क्षति पुगेको हो।
रसुवातर्फको ४० किलोमिटर सडक पूर्णरूपमा बगेको छ भने सडक विभाग मातहतका ३१ वटा पुलमा क्षति पुगेको छ। तत्काल सडक खुलाउन एक दर्जनभन्दा बढी उपकरण परिचालन गरिएको छ।
सरकारले तत्कालका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ भने क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणमा करिब ५० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागले जनाएको छ।