काठमाडौं। कर्णाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ।कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १०.९० मिटर पुगेको चिसापानी जलमापन केन्द्रले जनाएको हो।
कर्णाली नदीले खतराको तह पार गरेपछि बर्दिया र कैलालीको विभिन्न पालिकावासीसहित तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १०.८० मिटर खतराको तह मानिन्छ । अहिले उक्त तह पार भएर १०.९० पुगेकाे केन्द्रले जनाएकाे छ।