रसुवा । नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको शव निकालेको छ।
नुवाकोटको सिम्ले क्षेत्रमा खोज तथा उद्धारमा खटिएको विशेष टोलीले शव निकालेको स्थानीयवासी शेषनाथ भट्टराईले जानकारी दिए। टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै चिनियाँ र अमेरिकी विज्ञसमेत सहभागी छन्।
यसअघि आज बिहान सोही आयोजनाका दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको थियो। यता, रसुवा बाढी प्रभावित क्षेत्रमा मौसम प्रतिकूल रहे पनि हेलिकप्टरमार्फत खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरणलाई तीव्रता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताएका छन्।