ल्हासा । हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपाललाई १०० मिटर लम्बाइका दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण गरेको छ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको आग्रहअनुसार सिजाङ सरकारले बेलिब्रिजका सामग्री उपलब्ध गराएको हो। ल्हासामा आयोजित कार्यक्रममा नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङको वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ जिबिङले हस्तान्तरण प्रमाणपत्र आदानप्रदान गरेका थिए।
बेलिब्रिजका सामग्री माथिल्लो मुस्ताङको कोरला सीमा बिन्दुमा आइपुगेका छन्। पुल जडानका लागि चीनले प्राविधिक जनशक्तिसमेत उपलब्ध गराउने जनाएको छ।