काठमाडौं। काठमाडौं राजधानी बस्नेले जहाज देख्न पाएका थिएनन्। जुद्धशम्शेरले जहाज काठमाडौ ल्याउने सपना देखेका थिए, सम्भव भएको थिएन। अन्तमा काश्मिरका राजकुमार कुवर करणसिंहले राणा प्रधानमन्त्री मोहनशम्शेरका नातिनीसंग बिबाह गर्नको लागी जन्ती सहित जहाजमा काठमाडौं आउने समाचार आए पछि छिटो छिटो सानो गौचरलाइ सम्याएर जहाज उतार्नको लागी तैयार पारिएको थियो।
.jpg)
यो भन्दा १६ वर्ष अगाडी नै सोलुखुम्बुको आकाशमा सगरमाथाको माथी जहाज उडिसकेको थियो। बि.सं.१९८९ चैत्र २१ (१९३३ अप्रिल ३) मा राणा प्रधानमन्त्री जुद्धशम्शेरको अनुमतिमा भारत पुर्णिया जिल्लाको लालबालुबाट सगरमाथाको लागी जहाज उडाइएको थियो। यस प्लेनलाई ःमेजर स्टीवर्ट ब्ल्याकरले उडाएका थिए।
.jpg)
सो समयमा लगातार धेरै समय उडाउन सकिने जहाज बनिसकेको थिएन। दोश्रो हिमालको माथी जहाज उडाउने अनुभव पनि थिएन। तेश्रो जुन उद्धेश्यले जहाज उडाउन खोजिएको थियो त्यसको सम्भावना बारे पनि कुनै जानकारी थिएन। जहाज उडाउनको लागी सगरमाथा देखी नजिकको दुरीमा रहेको भारतको भूमी पुर्णिया जिल्ला रोजियो। पाइलटहरूलाई मृत्यु पनि हुन सक्ने सम्भावना पहिल्यै जानकारी गराइयो। त्यसपछि सबैभन्दा विश्वसनिय क्यामेरा विलियमसन एयरक्राफ्ट क्यामेराको एगल मोडेल रोजियो। यसरी उडानको प्रत्येक कोणबाट बिश्लेषण गरिएको थियो। पाइलटहरू युद्धक विमानका पाइलट थिए। तसर्थ पनि सबै काम बिना समस्या समाधान भयो। यस सम्वन्धी डकुमेन्ट्री पनि बनाइयो। जसको प्रसारण बि.सं. १९९० मा बिबिसीले गरिसकेको थियो।


