काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल ९एमसीए–नेपाल०ले १८ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण ९ महिनामै सम्पन्न गरेको छ। यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ।
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन आइतबार निर्माण सम्पन्न भएको हो।
तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले १० मंसिर २०८२ मा प्रसारण लाइनको शिलान्यास गरेका थिए। एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालको विद्युत् आवश्यकतालाई ध्यानमा राखेर निर्माणलाई तीव्रता दिइएको बताए।
एमसीए–नेपालले भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा २१ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर, अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले वैदेशिक सहायता समीक्षा गर्दै केही समय सहायता रोक्दा आयोजना कार्यान्वयनसमेत प्रभावित भएको थियो।
यो प्रसारण लाइन बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको खण्ड हो। एमसीसी अनुदानअन्तर्गत कुल ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण भइरहेको छ। साथै, ४०० केभीका सबस्टेसन र सडक सुधार आयोजना पनि कार्यान्वयनमा छन्।