काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको भूमिगत पावरहाउससम्म पुग्न सुरुङभित्रको लेदो हटाउने काम जारी रहेको छ। उद्धारमा संलग्न सुरुङविद् एवं सांसद श्रीराम न्यौपानेका अनुसार अहिलेको गतिमा काम भए कम्तीमा थप तीन दिन लाग्ने अनुमान गरिएको छ।
उनका अनुसार शनिबार बिहानदेखि एक्स्काभेटर र ह्विल लोडर प्रयोग गरी सुरुङभित्रको लेदो हटाउने काम भइरहेको छ। साँझसम्म करिब ६० मिटर लेदो हटाइएको र यही गतिमा काम भए थप तीन दिन लाग्ने उनले बताएका छन्।
त्यस्तै, सुरुङको माथिल्लो भाग म्यानुअल रूपमा खोतल्ने काम २४० मिटरमध्ये करिब १२० मिटरभित्र पुगेको छ। सुरुङको भित्री अवस्था यकिन हुन नसकेकाले उक्त काम सम्पन्न गर्न थप २ देखि ३ दिन लाग्न सक्ने न्यौपानेले बताएका छन्।