काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकै परिवारका चार जना घाइते भएका हुन् ।
चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ । उपचाररत चारै जना खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।