काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।
उनले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौंथो अन्तरराष्ट्रिय सम्मेलनका अवसरबाट नेपालको वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनाका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताएका छन्।
सम्मेलनमा आफूले गरेको सम्बोधन, भएका भेटवार्ता र साइडलाइन बैठकले नेपालको अन्तरराष्ट्रिय छवि उँचो भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, “विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आह्वान गरिएको छ । विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ । नेपाल अन्तरराष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक साबित भएको छ । आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।”